अधिवक्ताहरुले इजालाशमा तमासा र पूर्वहरुले सडकमा विषबमन गरिरहेका छन् : प्रधानमन्त्री ओली

काठमाडौं १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धन र गठबन्धनसँग आबद्ध बरिष्ठ अधिवक्ताहरूले संवैधानिक इजलासमा तमासा देखाएको आरोप लगाएका छन् ।

एमाले सम्बद्ध युवा संघको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले आफूले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश मात्र मान्ने भन्दै उनीहरुले वितण्डा प्रदर्शन गरेको भन्दै ओलीले सर्वोच्चमा बहस गरिरहेका अधिवक्ताहरुप्रति आक्रोश व्यmक्त गरे ।
‘हामीले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीशमात्र मान्छौं भनेर कालोकोटधारीले न्यायपालिकालाई कुन हैसियतमा पुर्‍याउँदैछन् ? यो गम्भीर विषय हो । उनीहरू न्यायाधीश छान्नेमात्र होइन फैसला पनि हामी नै दिन्छौं भन्दैछन् ।’ओलीको आक्रोश थियो ।

प्रधानमन्त्रीले पूर्वप्रधानन्यायाधीशहरूको वक्तव्यबाजीप्रति पनि आपत्ति गरेका छन् । देशलाई पूर्वहरूको विषाक्त विचारबाट मुलुकलाई जोगाइछाड्ने प्रतिवद्धता व्यक्त गरे ।

‘यसअघि न्यापालिकाको नेतृत्व गरेकाहरुको ताण्डव पनि देखिँदैछ । राज्यको पेन्सन खाएर न्यायलापको हुर्मत लिने ? आफ्नो कार्यकालमा केही नगर्ने, अहिले सडकमा हस्तक्षेपकारी ताण्डव गर्ने ? हाम्रो लोकतन्त्रलाई आउटडेटेड इलेमेन्टबाट जोगाइन्छ, जोगाउँछौं ।’ओलीको भनाई थियो ।

पूर्वहरूका नाममा केही व्यक्तिले बजेट ल्याउन नदिने, विकास निर्माण हुन नदिने खालका हर्कत गरिहेको भन्दै ओलीले पूर्व विशिष्टहरुप्रति निकै आक्रोश व्यक्त गरे ।
गत पुस ५ गते संसद विघटन गरेपछि प्रधानमन्त्री ओली र साजमाका विभिन्न विशिष्ट व्यक्तित्व, नागरिक समाज र मिडियाप्रति अघोषित वाक युद्धजस्तै चल्दै आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति