राष्ट्रपतिले विदेशीसंग खोप माग्नु संविधानको उल्लंघन : नेता रावल

काठमाडौं, १७ जेठ । पूर्वमन्त्री भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीले खोप माग गर्दै विभिन्न देशका राष्ट्रप्रमुखलाई पत्राचार गर्नु संविधानको उल्लंघन भएको टिप्पणी गरेका छन् ।नेपालको संविधानले राष्ट्रपतिलाई कार्यकारी प्रमुखको भूमिका नदिएकाले खोप याचना गर्दै विभिन्न देशका राष्ट्रपतिलाई पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन भएको बताएका हुन् ।सोमबार अपरान्ह ट्वीटरमा उनले प्रधानमन्त्री र सरकार निकम्मा भई राष्ट्रपतिकहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भनी प्रश्न उठाएका छन् ।केही दिनयता राष्ट्रपति भण्डारीले खोप उत्पादक विभिन्न मुलुकका राष्ट्र प्रमुखलाई खोप सहजीकरणको आग्रह गर्दै पत्राचार गरेकी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति