लुम्बिनीमा कांग्रेसका पाण्डे राष्ट्रिय सभा सदस्य निर्वाचित : एमाले उम्मेदवार ५४६ मतले पराजित

काठमाडौं,१७ जेठ ।  लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डे बिजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका हुन्। पाण्डेले ४१४० मत ल्याए भने खड्काले ३५९४ मत पाए। कांग्रेस उम्मेदवार पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम– उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति