जसपाको ठाकुर पक्षका ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने

काठमाडौं १७ जेठ। जनता समाजवादीको ठाकुर–महतो पक्ष ८ मन्त्री र २ राज्यमन्त्रीसहित ओली सरकारमा सहभागी हुने भएको छ । आज बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण लगायतले छलफल गरेपछि सरकारमा सहभागी हुने सहमचि गरेका हुन् ।

“सरकारमा आउन त प्रधानमन्त्रीजीले सुरुदेखि नै भनिराख्नु भएको छ । मन्त्रालयका विषयमा ८ मन्त्री र २ राज्यमन्त्री भनेर अस्तिदेखि नै भन्नुभएको छ । हाम्रो पाटीभित्र विवाद छ । छलफल भएको छैन । हामीभित्र छलफल गर्छौैं त्यसपछि मात्रै कुन मन्त्रालय लिएर जाने भन्ने कुरा टुंगो लाग्ला,” छलफलपछि लक्ष्मणलाल कर्णले बताए ।

संविधान संशोधनका लागि सरकारले ५ सदस्यीय कार्यदल बनाएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षसंग ठाकुर पक्षको ओली सरकारलाई हेर्ने विषयमा गम्भीर मतभेद चर्कोको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति