लुम्बिनीको राष्ट्रिय सभा उपनिर्वाचनमा २ सय ९७ जनाले मत हाले

काठमाडौं १७ जेठ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा २ सय ९७ जनाले मत हालेका छन्। सोमबार भएको मतदानमा ३ सय मतदातामध्ये तीन जना अनुपस्थित रहे ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा घोषणा गरेर नै अनुपस्थित भए ।
यसैगरी नरैनापुर गाउँपालिका बाँकेका अध्यक्ष मोहम्मद इस्तियाक साह बिरामी भएर उपचार गर्न लखनउ गएका छन्।

गुल्मीको दरबार गाउँपालिका अध्यक्ष अशोक थापा पनि बिरामी छन्। उनी काठमाडौंमा उपचार गरिरहेका छन्।

स्थानीय तहका तीन जना जनप्रतिनिधि उपस्थित नभए पनि प्रदेश सभाका भने सबै ८३ जनाले मत खसालेको निर्वाचन आयोगले जनाएको छ ।

लुम्बिनीमा नेकपा एमालेको केपी शर्मा ओली समूह र विपक्षी गठबन्धनबाट दुई जना उम्मेदवार छन्। मत परिणामा आजै आउनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति