सरकार लोकप्रिय होला कि भन्ने चिन्ता छैन : कांग्रेस

काठमाडौं, १७ जेठ । । नेपाली कांग्रेसले सरकारको जनमत बढ्दैछ भनेर भ्रम कसैलाई नभएको बताएको छ । सत्तारुढ दलका नेताहरुले बजेटलाई आम जनताले रुचाएका कारण विपक्षीहरुले विरोध गरेको बताइरहँदा कांग्रेसले सरकार लोकप्रिय होला कि भन्ने चिन्ता नभएको बताएको हो ।
बजेटबारे पार्टीको धारणा सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा छायाँ अर्थमन्त्री समेत रहेका कांग्रेस सांसद मिनेन्द्र रिजालले भने ‘यो सरकार अलोकप्रियताको सबभन्दा गहिरो बिन्दुमा छ ।

त्यसैले सरकार लोकप्रिय होला कि भन्ने चिन्ता छैन ।’ ‘हामीलाई देश र जनताको चिन्ता छ । जनता कोरोनाको कहरमा छन्, अर्थतन्त्र अझ बिग्रिने खतरा छ ।’ उनले भने सरकारको लोकप्रियता कति छ भनेर उसले जानेको होला भन्दै उनले नजानेको भए चुनाव भएको दिन थाहा हुने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति