खनाल–नेपालप्रति प्रधानमन्त्री ओलीको आक्रोश : ‘देशकैविरुद्ध बहुत ठूलो अनिष्ट हुने काम गरे’

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले
वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाललगायतका सांसदले खाएको शपथ झुटो र बेइमानी भएको टिप्पणी गरेका छन् । तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको कार्यक्रमलाई आइतबार बालुवाटारबाटै सम्बोधन गर्दै ओलीले खनाल–नेपालमाथि यस्तो टिप्पणी गरेका हुन् ।

नेतृत्वबाटै अराजक काम भए । फ्लोर क्रस, पार्टी फोड्ने, पार्टीका विरुद्ध जाने, अर्कै उम्मेद्वार उठाउने दुनियाँमा कहीँ अहिलेसम्म नभएको, आफ्नो सरकारविरुद्ध कहिले सरकार ढाल्नका लागि विश्वासको मत नहाल्ने, मतदान नगरेर बाहिर बस्ने, कहिले अर्को सरकार बनाउनका लागि पुग्ने,’ ओलीले भने, ‘दलीय अनुशासन, दलीय मर्यादा, संसदीय प्रणाली या कुनै पनि अनुशासनको प्रणाली, तीनले खाएको शपथ झुटो हो । तीनका शपथ बेइमानी हो । तीनका शपथभित्र स्वार्थ साधना गर्ने, स्वार्थ पूरा गर्ने कपट लुकेको हुन्छ ।’

खनाल–नेपालसहितका सांसदले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर देशकैविरुद्ध बहुत ठूलो अनिष्ट हुने काम गरेको ओलीको दाबी छ ।‘अहिले तिनले खाएका सपथ।।।देशकैविरुद्ध बहुत ठूलो अनिष्ट हुने काम गरिरहेका छन् । जब नेतृत्व तहबाट त्यसप्रकारका काम हुन्छन्, नेतृत्व तह यस्ता अराजकहीन काममा उत्रिन्छन् र त्यसलाई गर्वसाथ सम्माननीय राष्ट्रपतिज्यूकहाँ गएर एक जना नेताले म यहाँ छु, म विरोधमा आएको छु।।।गर्वसाथ सरम छैन,’ ओलीले भने, ‘जब नेतृत्व तह यस्तो हुन्छ, माथिबाटै धमिलो पानी बगेपछि तल सङ्लो पानी कहाँ आउँछ । माथिबाटै धमिलो पानी बगाउने काम भइराखेको छ । यो चिन्ताको विषय छ ।’

देउवालाई प्रधानमन्त्रीमा दाबी गर्न हस्ताक्षरसहित पुगेका नेता नेपालसहितका नेतालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा ओलीको पनि दाबी आएको बताएकी थिइन् । त्यसलगत्तै नेता नेपालले आफू यहीँ भएको र ओलीको पक्षमा हस्ताक्षर नगरेको बताएका थिए । नेपालको उक्त भनाई प्रति ओलीले आपत्ति जनाएका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति