देउवा निवासमा प्रचण्ड, माधव नेपालसहित शीर्ष नेताहरू छलफलमा

काठमाडौं, १६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । सभापति देउवाका सहयोगी भानु देउवाका अनुसार अहिले गठबन्धनको बैठक बसेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्दै अघि बढ्दै गरेपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमाले (माधवकुमार नेपाल पक्ष), जसपा (भट्टराई–यादव पक्ष), जनमोर्चाको गठबन्धन बनेको छ । ओलीले प्रतिनिधि सभा विघटन गरेपछि विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेको छन् । उक्त मुद्दामा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति