नेपालमाथि इराकको फराकिलो जित

काठमाडौँ, १५ जेठ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालमाथि इराकले फराकिलो जित दर्ता गरेको छ । शनिबार राति इराकको मैदानमा भएको खेलमा घरेलु टोलीले नेपालमाथि ६–२ गोलको जित दर्ता गरेको हो । इराकस्थित अल बस्रामा खेलको सातौँ मिनेटमा आला अब्दुलले गोल गर्दै इराकलाई सुरुआती अग्रता दिलाएका थिए ।

आठौँ मिनेटमा साफा हादीले आत्मघाती गोल गरेपछि नेपाल बराबरीमा फर्किएको थियो । २९औँ मिनेटमा आजै सिनियर टिममा डेब्यु गरेका मनीष डाँगीले गोल गर्दै नेपाललाई २–१ गोलको अग्रता दिलाए । खेलको ३९औँ मिनेटमा इराकका मोहम्मद ओबाइदले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए । खेलको ४० औं मिनेटमा एमेन हुसेनले गोल गर्दै इराकलाई ३–२ को अग्रता दिलाए । त्यसपछि खेलको पहिलो हाफको इन्जुरी समयमा हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकलाई ४–२ को अग्रता दिलाएका छन् ।

पहिलो हाफमा चार दुईको अग्रता बनाएको इराकका लागि ६६औं मिनेटमा मोहनाद अली अल्सामरीले गोल गरे । त्यसपछि ७५औं मिनेटमा सज्जाद जासिमले अर्को उत्कृष्ट गोल गर्दै इराकलाई ६–२ गोलले जिताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board