काठमाडौं, १५ जेठ । सरकारले आगामी २०८८ सम्ममा डिजेल र पेट्रोलबाट चल्ने सवारी साधन पूर्ण रुपमा विस्थापन गरिने घोषणा गरेको छ ।
अध्यादेशमार्फत आर्थिक वर्ष २०७८र०७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारी साधन प्रवद्र्धनको नीति अख्तियार गरिने बताए ।
विद्युतीय सवारीमा दिइने छुट, सुविधा र पूर्वाधार विकासका लागि सुझाव दिन विज्ञ सम्मिलित एक समिति गठन गरिने उनले बताए । डिजेल तथा पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीयमा रुपान्तरण गरेमा ५ वर्षसम्म नवीकरणमा छुट दिइने घोषणा अर्थमन्त्रीले गरे ।
प्रतिक्रिया