काठमाडौं, १५ जेठ । देशभर ४ हजार ३११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ६ नमुनाहरुको पीसीआर परीक्षणमा ४ हजार ३११ जनामा कोरोना पुष्टि भएको हो ।
७ सय ७६ नमुना एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १७६ जनामा पोजिटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ ।
यस्तै २४ घण्टामा ६ हजार ८० जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ ।
यस्तै थप ११६ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । हालसम्म मृत्यु हुनेको संख्या ७ हजार १६३ पुगेको छ ।
नेपालमा सक्रिय संक्रिमतको संख्या भने १ लाख ११ हजार ५०९ पुगेको छ । पीसीआर परीक्षण भने ३० लाख ३१ हजार ३८३ भएको छ । क्वारेन्टाइनमा रहनेको संख्या ८९१ छ ।
COMMENTS