वृद्धभत्ता बढ्यो, अब महिनाको ४ हजार

काठमाडौं, १५ जेठ । सरकारले वृद्धभत्ता बढाएको छ । आगामी आर्थिक वर्षको बजेट मार्फत वृद्धभत्ता प्रतिमहिना ४ हजार दिने तयारी भएको हो । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा अर्थमन्त्री पौडेलले यस्ते घोषणा गरेका हुन् ।

सरकारले १ हजार रुपैयाँ बढाउँदै ४ हजार पुर्याउने घोषणा गरेको हो । अहिले ३ हजार रुपैयाँ पाउँदै आएका छन् । ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको हो ।यसका लागि १ खर्ब छुट्याएको छ। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको तथ्यांक अनुसार मुलुकभर ३२ लाख ५८ हजार १ सय २९ जनाले सामाजिक सुरक्षा भत्ता खाइपाइ आएका छन् । जसमध्ये १७ लाख ३९ हजार ३५९ जनाले बृद्धभत्ता बुझ्दै आएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति