जसपाको ठाकुर र महतोलाई दास्रो स्पष्टीकरण : चित्तबुझ्दो जवाफ नआए पार्टीबाटै निष्कासन गर्ने चेतावनी

काठमाडौं, १५ जेठ । जनता समाजवादी पार्टी जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरसहितका नेतालाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।

ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई भट्टराई–यादव पक्षले आज स्पष्टीकरण सोधेको हो । जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोसहितका नेताहरूलाई जसपाको बहमुत पक्षले जेठ ११ गते ७२ घण्टे स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ नआएपछि चारै जनालाई २४ घण्टे स्पष्टीकरण सोधिएको यादव–भट्टराई पक्षको भनाइ छ ।

जसपाका कार्यकारिणी सदस्य प्रकाश अधिकारीद्वारा पठाइएको पत्रमा २४ घण्टाभित्र चित्त बुझ्दो जवाफ नआएमा पार्टीबाट निष्कासन गर्ने चेतावनी दिइएको छ । जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा भट्टराई–यादव पक्षमा बहुमत सदस्य रहेका छन् । नया सरकार गठनका लागि कसलाई समर्थन गर्ने भन्ने विवाद हुदा जसपामा दुई धार देखिएको हो । जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो वर्तमान प्रधानमन्त्री केपी ओलीको निरन्तरताको पक्षमा छ भने भट्टराई–यादव पक्ष ओलीको बहिर्गमनको पक्षमा छ । तर विघटित प्रतिनिधिसभामा जसपाका ३२ जना सांसदमध्ये ठाकुर–महतो पक्षसग २० जना सांसद रहेका छन् । ठाकुर–महतो पक्षको भेलाले वैशाख ३० गते भक्तपुरको एक रिसोर्टबाट महतोलाई संसदीय दलको नेता समेत चयन गरेको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति