काठमाडौं । आजदेखि मौसममा सुधार हुन थालेको छ ।
बंगालको खाडीमा उत्पन्न भएको यास चक्रवातका कारण पांच दिनदेखि बद्ली भएको मौसम आजदेखि सुधार हुन मौषम बिज्ञान बिभागले जनाएको छ । देशका विभिन्न ठाउँमा बादल लागेर पानी पर्ने भए पनि हिजोअस्तिको जस्तो निरन्तर वर्षा हुने सम्भावना नरहेको सबभागले जनाएको छ । चक्रवातको प्रभाव कम हुदै गए पनि पि—मनसुन र मनसुनी प्रणाली विकास हुन थालेको समय भएकाले केही ठाउँमा पानी पर्ने सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वसन्तकालीन आरोहण सिजन सकिन लागेकाले आरोहीहरु मौसम सुधारको पर्खाइमा रहेका बेला महाशाखाले आज पनि सावधानी अपनाउन आग्रह गरेको छ । यो समयमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित पानी पर्ने र वर्षाका कारण बाढी, पहिरो, सडक बन्द हुने जस्ता समस्या आउन सक्ने भएकाले सचेतना अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
COMMENTS