राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटाले लिए सपथ

काठमाडौं, १४ जेठ । राष्ट्रिय सभा सदस्यमा निर्वाचित खिमलाल देवकोटाले सपथ लिएका छन्।राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्।देवकोटा गत जेठ ६ मा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा विजयी भएका थिए।स्वतन्त्र रूपमा उठेका उनलाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा नेकपा एमालेको माधवकुमार नेपाल पक्षले सहयोग गरेको थियो।देवकोटाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति