एमाले एकता बचाउन अन्तिमसम्म प्रयास गर्छौं – नेता विष्ट

काठमाडौं, १३ जेठ । नेकपा एमालेका नेता गोकर्ण विष्टले नेकपा एमालेको एकता जोगाउन अन्तिमसम्म प्रयास गरिने बताएका छन् ।सामाजिक सञ्जाल फेसबुकमा बिहीबार गरेको पोष्टमा विष्टले एमाले एकता बचाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न गर्ने बताएका हुन् । तर, एकताका लागि पार्टीका सबै सांगठनिक संरचना २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्कनुपर्ने सर्त विष्टको छ ।‘नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ’, विष्टले भनेका छन् ।राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्ने उनको स्पष्टोक्ति छ ।

मधव नेपाल समूहका १५ स्थायी समिति सदस्यले बुधबार सामूहिक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको कदम स्वेच्छाचारी, निरंकुश र लोकतन्त्रविरोधी भन्दै निन्दा गरेका थिए । त्यसमा विष्टले पनि हस्ताक्षर छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति