मलामी गएका किशोरको नदीमा डुबेर मृत्यु

काठमाडौं । मलामी गएका बैतडीका एक किशोरको मङ्गलबार महाकाली नदीमा डुबेर मुत्यु भएको छ । शिवनाथ गाउँपालिका–१ कुँडका १७ वर्षीय महेश साउदको नदीमा डुबेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

स्थानीयवासी ६० वर्षीय घनबहादुर साउदको मलामी गएका महेश मङ्गलबार बिहान साढे ११ बजेतिर नुहाउने क्रममा महाकाली नदीको डिम्बर घाटबाट बेपत्ता भएका थिए । बेपत्ता किशोरको करिब पाँच घण्टापछि अपराह्न साढे ४ बजेतिर डुबेको केही तल नदीमै मृतावस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरीले शव निकालेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board