चर्को आलोचनापछि भीम रावलले हटाए नागरिकता सम्बन्धी विवादास्पद ट्वीट


काठमाडौं, ११ जेठ । नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले नागरिकता सम्बन्धी गरेको ट्वीट हटाएका छन्।

सरकारले नागरिकता अध्यादेश जारी गरेपछि वीरगञ्जमा नागरिकता लिन मानिसहरुको भिड लागेको र त्यसमा भारतबाट आएका मानिसहरुको संख्या अत्याधिक रहेको समाचार आइरहेको उनले उल्लेख गरेका थिए।

‘वीरगञ्जमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको समाचार आयो। प्रधानमन्त्री केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई हो किरु नेपाली जनतालाई जवाफ चाहियो। सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौँ’, रावलले सोमबार साँझ ट्वीट गरेका थिए।तर निषेधाज्ञाका बेला कार्यालयहरु बन्द रहँदा नागरिकता लिन कसरी भिड लाग्यो भन्दै मानिसहरुले रावलको चर्को आलोचना गरेपछि उनले सो ट्वीट हटाएका हुन्।ट्वीट हटाउँदै उनले लेखेका छन् ‘मैले वीरगञ्जमा नागरिकता लिनेको भिड देखियो भन्ने समाचार आयो सरकारले जनतालाई जवाफ देओस् भनेर सोध्नु कुनै गलत कुरा होइन। सरकारले प्रष्ट पारे भइहाल्यो। तर उक्त समाचार पुरानो भनी ध्यान आकर्षित गराउनु हुने सबैलाई धन्यवाद दिँदै मेरो त्यो ट्वीट हटाउने जानकारी गराउँछु।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति