गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने एक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्रीवितरण गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने पाल्पा तानसेन नगरपालिका–१ का २३ वर्षीय दुर्गा भट्टराईलाई सोमबार पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङले कोरोना महामारीको फाइदा उठाउँदै गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्रीवितरण गर्ने भट्टराईलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ भट्टराईले औषधि व्यवस्था विभागमा दर्ता नगरी चिनियाँ ब्राण्डको लोगो नक्कल गरी स्टिकर टाँसेर हानिकारक पदार्थ मिथानोल धेरै राखेर बिक्री वितरण गर्दै आएको अनुसन्धानमा खुलेको महाशाखाले जनाएको छ ।

प्रहरीले भट्टराईको साथबाट तीन हजार ८१ लिटर स्यानिटाइजर बरामदसमेत गरेको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखा प्रमुख खापुङले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति