ओलीले एमालेबाट निकालेपछि रामकुमारी झाँक्रीले भनिन्,बालै फरर….

काठमाडौं, ११ जेठ । प्रधानमन्त्री तथा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेकामा आफूलाई कुनै अर्थ र​ चिन्ता नलागेको संकेत नेत्री रामकुमारी झाँक्रीले दिएकी छन् ।
आफूलाई ओलीले पार्टीबाट निष्कासन गरेको दिन सोमबार साँझ नेत्री झाँक्रीले गीतको भाकामा सामाजिक सञ्जालमा यत्ति लेखेकी छन्, ‘देउरालीको चौतारीमा हावा सरर, बगाएर लाने भो माया तिमीलाई बालै फरर‘।’ सोमवार बसेको एमालेको स्थायी कमिटी बैठकले नेत्री झाँक्रीसहित ११ जना नेतालाई पार्टीबाट निश्काषन गरेको थियो । सो निर्णय लगत्तै प्रतिक्रिया दिँदै नेत्री झाँक्रीले यस्तो बताएकी हुन् ।एमालेको यसअघि बसेको स्थायी कमिटिको बैठकले खनाल–नेपाल सहितका ११ जनालाई स्पष्टीकरण सोधेको थियो । तर, उनीहरु कसैले पनि स्पष्टीकरण बुझाएका थिएनन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति