काठमाडौं, १० जेठ । संसद विघटनविरुद्ध रिट दायर गर्न विपक्षी गठबन्धनमा रहेका सांसदहरु सोमबार सर्वोच्च अदालत पुगेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न समर्थन जनाएका १४९ सांसदमध्ये १४६ जना सोमबार संसद विघटनविरुद्ध रिट दायर गर्न सर्वोच्च अदालत पुगेका हुन् । सिंहदरबारमा भेला भई रिटमा हस्ताक्षर गरेपछि सांसदहरु सर्वोच्च अदालत पुगेका थिए । उनीहरुले देउवालाई प्रधानमन्त्री बनाउन सांसदहरुले गरेको समर्थन वैधनिक रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ति नगर्नु असंवैधानिक भएको दावी गरेका छन् ।
COMMENTS