सरकारले चीनको छेन्दुमा खोल्यो कन्सुलेट कार्यालय

काठमाडौं, १० जेठ ।  सरकारले चीनको सिचुवानस्थित छेन्दुमा कन्सुलेट कार्यालय खोलेको छ । सोमबार चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र चीनको सिचुवान प्रान्तका उप–गभर्नर ली युन्जे संयुक्त रूपमा कन्सुलेट कार्यालयको उद्घाटन गरेका हुन् ।

महावाणिज्य दूतावास उदघाटन कार्यक्रममा सिचुवान प्रान्तका चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरू र छेन्दु नगरका मेयरको पनि उपस्थिति थियो।

कार्यक्रममा बोल्दै राजदूत पाण्डेले आजदेखि सञ्चालनमा आएको कन्सुलेट कार्यालयले दुई देशको सहकार्यमा थप योगदान दिँदै नेपाल–चीन सम्बन्धलाई मजबुद् बनाउने सघाउने विश्वास व्यक्त गरेका छन् ।
तीन जना कर्मचारी रहने कन्सुलेट कार्यालयमा दिनेशकुमार घिमिरे महावाणिज्य दूत रहेको दूतावासले जनाएको छ ।सिचुवान प्रान्तका भाइस गर्भनर लि युन्जीले कन्सुलेट कार्यालय स्थापनाले व्यापार, पर्यटन, वाणिज्य र जनता–जनता बीचको सम्बन्ध बढ्ने बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board