माधव नेपाल पक्षमा २३ सांसद, विघटनको विपक्षमा हस्ताक्षर

काठमाडौं १० जेठ । नेकपा एमालेका २३ जना प्रतिनिधि सभाका सांसद बरिष्ठ नेता माधव नेपालको पक्षमा उभिएका छन् । उनीहहरुले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने क्रममा अन्य विपक्षीदलका १४६ जना सदस्य संगै हस्ताक्षर गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका २६ सांसदमध्ये संसद विघटनविरुद्ध रिट दर्ता गर्ने क्रममा २३ जनाले हस्ताक्षर गरेका हुन् ।बांकी ३जना प्रधानमन्त्री ओलीकै पक्षमा फर्केका छन् ।

देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि समर्थन गरेका माधव नेपाल पक्षका २६ सांसदमध्ये गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडीले भने हस्ताक्षर गरेका छैनन् ।

गता ७ गते देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दावी गरेका थिए ।

माधव नेपालको पक्षमा रहेका सांसदहरु

१. विरोध खतिवडा
२. जीवनराम श्रेष्ठ
३. घनश्याम भुसाल
४. सोमप्रसाद पाण्डे
५. कृष्णलाल महर्जन
६. झपट रावल
७. निरादेवि जैरू
८.सरलाकुमारी यादव
९. कल्याणी खड्का
१०. लक्ष्मी चौधरी
११. माधवकुमार नेपाल
१२. भीम रावल
१३. कलिला खातुन
१४. रामकुमारी झाँक्री
१५. झलनाथ खनाल
१६. पुष्पा कर्ण कायस्थ
१७. भवानीप्रसाद खापुङ
१८. यज्ञ सुनुवार
१९. सुरेन्द्र पाण्डे
२०. मुकुन्द न्यौपाने
२१. मेटमणि चौधरी
२२. दीपकप्रकाश भट्ट
२३.नारायण खतिवडा

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति