विपक्षी गठबन्धनको बैठक बसेर नयाँ प्रधानमन्त्री चुनौं – नेता शर्मा

काठमाडौं, ९ जेठ । संसद विघटनको प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै विपक्षी गठबन्धनका नेताहरुले कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेका छन् । तर यही बीचमा सोही गठबन्धनका एक नेताले भने सरकारको विपक्षमा रहेका सांसदहरु मात्रै बैठक बसेर नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गरेका छन् ।

यस्तो प्रस्ताव गर्ने नेता हुन नेकपा माओवादीका स्थायी कमिटी सदस्य जनार्दन शर्मा (प्रभाकर) । ‘सभामुखले बैठक बोलाउने । त्यही बैठकबाट नयाँ प्रधानमन्त्री चुन्ने र सरकार चलाउने मेरो प्रस्ताव छ,’ उनले भने , ‘संविधान मिच्ने राष्ट्रपति र प्रधानमन्त्रीलाई जस्ताकोतस्तै जवाफ दिन यही उपयुक्त हुन्छ ।’

यो प्रस्ताव आफूले दलका शीर्ष नेताहरु समक्ष राखिसकेको पनि उनले बताए ‘राजनीतिक रुपमा जवाफ दिने हो भने यस्तै गर्नुपर्छ भनेको छु, तर नेताहरुले मेरो कुरा सुनेका छैनन्,’ उनले भने । यता नेता रामनारायण बिडारी ले भने सभामुख अग्नि सापकोटाले संसद विघटनको विरोध गरेकाले विपक्षीहरुले उहाँको साथ पाउनेमा शंका छैन । तर यो संविधानको अनुकूल हुँदैन । संविधानमा सरकार गठनको प्रक्रिया धारा ७६ मा र संसद बैठक आह्वान र अन्त्यको व्यवस्था धारा ९३ मा स्पष्ट रुपमा लेखिएको छ ।त्यसैले संवैधानिक कानुनका जानकारसमेत रहेका राष्ट्रियसभा सदस्य रामनारायण बिडारी संविधानको व्यवस्था विपरीत जानु गलत हुने बताउँछन् । राष्ट्रपतिले र प्रधानमन्त्रीले संविधान मानेनन् भन्दैमा हामीले पनि किन मान्नु पर्यो भनेर जाने हो भने देशमा थप अराजक स्थिति सिर्जना हुन्छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति