झलनाथ र माधवसहित विघटित संसदका ११ सांसदमाथि एमालेले थाल्यो कारवाही( सूची)

काठमाडौं ८ जेठ । नेकपा एमालेले माधव नेपालसहित ११ नेतामाथि कारबाही गर्ने भएको छ ।

शनिबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने रामकुमारी झाँक्रीसहितका ११ जना नेता तथा विघटित प्रतिनिधि सभाका सांसदसँग २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

माधव नेपाल पक्षका २६ जना सांसदले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भनिए पनि कतिपयले हस्ताक्षर गरेका थिए । तर स्थायी सकमिटि बैठकले भने ११जनालाई मात्र पहिलो चरणमा सोमबार बिहानसम्म स्पष्टीकरण दिन भनेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

लिखित स्पष्टीकरण सोधिएका नेता तथा विघटित संसदका सांसद

१..झलनाथ खनाल

२. माधवकुमार नेपाल

३. भीमवहादुर रावल

४. मुकुन्द न्यौपाने

५. रामकुमारी झाँक्री

६.सरला यादव

७.पुष्पाकुमारी कर्ण

८. कलिला खान

९. निरादेवी जैरु

१०. लक्ष्मी कुमारी चौधरी

११. कल्याणी खड्का

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति