कांग्रेसले बोलायो आकस्मिक बैठक

काठमाडौं, ८ जेठ । मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेसको आकस्मिक बैठक बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान साढे ९ बजे डाकिएको बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरु भेला हुने कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए। राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेसका नेताहरुले सामाजिक सञ्जालमार्फत उक्त कदमको बिरोध गरेका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक गरेको प्रतिनिधिसभा (संसद्) विघटनप्रति विपक्षी दलहरुले तीव्र असन्तोष व्यक्त गरेका छन् । उनीहरुले संविधान र लोकतन्त्रको हुर्मत लिने काम राष्ट्रपति र प्रधानमन्त्री मिलेर गरेको आरोप पनि लगाएका छन् । भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेको एक घण्टा पनि नपुग्दै मध्यरातमा पुनः प्रतिनिधिसभा (संसद्वि) घटनको घोषणा गरेकी थिइन् । राति १२ः५० गरिएको सिफारिसपछि १ः४९ बजेतिर संसद् विघटनको घोषणा भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति