शीतल निवासबाट बाहिरिए प्रधानमन्त्री ओली

काठमाडौं, ७ जेठ  प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवासबाट बाहिरिएका छन् । शुक्रबार दिउँसो ३ बजेर ३२ मिनेट जाँदा शीतल निवास पुगेका ओली करिब ४० मिनेट बसेर बाहिरिएका हुन् । विपक्षी दलले सरकार गठनका लागि बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय जाँदै गर्दा प्रधानमन्त्री ओली पनि त्यहाँ पुगेका थिए । विपक्षी दल कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र एमालेको माधवकुमार नेपालसमूहका १४९ सांसदको हस्ताक्षरसहित नेताहरु राष्ट्रपति कार्यालय पुगेका छन् ।राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार सरकार गठनका लागि साँझ ५ बजेसम्मको समय दिएकी थिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति