अबको एक आधा घण्टामा उपयुक्त निर्णय लिन्छौं – प्रचण्ड

काठमाडौं ७ जेठ । चार विपक्षी दलका शीर्ष नेताको बैठकले उपयुक्त विकल्पको गठवन्धन बनाउने निर्णय गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकबाट बाहिरिने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको एक आधा घण्टाभित्रै उपयुक्त निर्णय लिइने बताए ।
कसरी अघि बढ्ने भन्नेबारे विभिन्न विकल्पमा छलफल भएको छ, अबको एक आधा घण्टामै उपयुक्त निर्णय लिन्छौं प्रचण्डले भने । प्रचण्ड बैठकबाट बाहिरिएर पार्टी स्थायी समितिकोबैठकका लागि पार्टी कार्यालय पेरिसडांडा लागेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति