माओवादीको स्थायी कमिटी बैठक बोलाइयो

काठमाडौं ७ जेठ । नेकपा (माओवादी केन्द्र)ले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि आह्वान गरेपछि त्यसबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आज बेलुकीको ५ बजेसम्मको समय दिए पनि विपक्षी गठवन्धन बहुमत जुटाउन सफल भएको छैन।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति