प्रधानमन्त्रीको संविधान फाल्ने, संसद विघटन गर्ने षडयन्त्र : पौडेल

काठमाडौं ६ जेठ । नेपाली कांग्रेस का बरिष्ठ नेता रामचन्द्र पौडेलले तीनको पनि समय नदिएर राष्ट्रपतिले २४ घण्टामा रारका बनाउ भन्नु गम्भीर षडयन्त्र भएको बताएका छन् । पौडले ट्विट गर्दै भनेका छन् – “राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइकन संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो । सामान्यतया नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन थियो ।
तर एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केहि हुन सक्दैन् । यो अवस्थामा सम्पुर्ण राजनीतिक दलहरुलाई नेपाली जनताको ७० वर्षको त्यागबाट आएको संविधान जोगाउने प्रयासमा लाग्न हार्दिक अपिल गर्दछु ।”
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि पहिले देखि ओली गम्भीर षडयन्त्रमा लगोकाले व्यवस्थ नै सिध्याउने ध्याउन्नमा लागेको प्रतिmित्रया दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति