संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न सांसदहरूलाई राष्ट्रपतिको आह्वान

काठमाडौँ ६ जेठ — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा सदस्यलाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न आह्वान गरेकी छन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्री पदमा दाबी गर्नका लागि प्रतिनिधिसभा सदस्यलाई जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिएको जानकारी गराएका छन् ।

ुनेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजे सम्म प्रतिनिधि सभामा विश्‍वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान गर्नुभएको छ, विज्ञप्तिमा लेखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत प्राप्त हुने राजनीतिक आधार नदेखेकाले मार्ग प्रसस्त गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई अनुरोध गरे बमोजिम राष्ट्रपतिले नयां सरकार गठनका लागि आह्वान गरेकी हुन् ।
संविधानत अल्पमतको सरकारले संसदबाट विश्वासको मत लिन नसकेमा त्यो सकार विघटन भएर नयां सरकार गनठको प्रक्रिया प्रारम्भ हुने व्यवस्था भएपनि प्रधानमन्त्रीको सिफारिशमा नयां सरकार गठनको प्रयोग आफैंमा विवादित हुने देखिन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति