स्थानीय तहमा बादललाई खिमलालले जिते : देवकोटाले १२८ बादलले १०३


काठमाडौं, ६ जेठ । राष्ट्रियसभा उपचुनावमा स्थानीय तहको मतगणना सकिएको छ । स्थानीय तहमा रामबहादुर थापा बादललाई डा। खिमलाल देवकोटाले उछिनेका छन् । डा. देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाएका छन् ।

२ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । अब प्रदेशसभाको मत गन्न बाँकी छ । राष्ट्रियसभा सदस्यका लागि वागमती प्रदेशमा भएको उपनिर्वाचनमा ९७ प्रतिशत मत खसेको छ । बिहान १० बजेबाट दिउँसो ३ बजेसम्म भएको उपनिर्वाचनमा ३ सय ३८ मत खसेको निर्वाचन आयोगले जनाएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रारम्भिक रूपमा ३ सय ३८ मत खसेको निर्वाच आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए । जम्मा ३ सय ४८ मतदातामध्येबाट एकजना जनप्रतिनिधिको पहिले नै मृत्यु भइसकेको थियो । जसमा ३ सय ४७ मत खस्नुपर्ने हो, तर मतदान गर्ने समयसीमा ३ बजेसम्म ३ सय ४० मत मात्रै खसेको बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति