प्रेमबाबु तिमीलाई बिज्नेस् फाप्दैन भन्नेहरु पनि थिए – पञ्चकन्या ग्रुपका अध्यक्ष

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीले विश्व अर्थतन्त्रमा पारेको प्रभाव र यसले नेपाली अर्थतन्त्रमा पर्ने दिर्घकालीन असरका सन्दर्भमा औद्योगिक घरानाका पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठसंग नेपालको स्टील उद्योग, बजार व्यवस्थापन र आगामी रणनीतिका विषयमा आधारित रहेर व्यवसायिक एवम् अन्तरंग कुराकानी गरेका छौं । उद्योगी श्रेष्ठसंग नेपाल पेजका लागि गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।

“इज्जत कमाउन वर्षौ लाग्छ तर गुमाउन कति पनि समय लाग्दैन” औद्योगिक विरासत बोकेको पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको जीवनको मूलमन्त्र हो यो । सामान्य कृषि त्यस्तै आलु, धानको व्यापारबाट व्यवसाय सुरु गर्नुभएको आज उहाँद्धारा स्थापित पञ्चकन्या ग्रुप नामको स्टील कम्पनी देशकै प्रतिष्ठित स्टील उद्योगको रुपमा छ, उद्योगको प्रतिबद्धता हामी सबैलाई कण्ठै छ, – पञ्चकन्या सदैव विश्वासिलो । उहाँको जन्म चियाबगानका रुपमा प्रसिद्ध सुन्दर नगरी ईलाम जिल्लामा वि.सं. १९८८ सालमा भयो । त्यो बेला गाउघरमा विद्यालयहरु नै थिएन, भएपनि पढाउने शिक्षकहरु थिएनन् । त्यो बेला कस्तो थियो भने अहिले सुन्दा कथा जस्तो लाग्ने π ब्राहमणहरुले पढाउथे । यस्तै परम्परागत धार्मिक र पुरातन ज्ञान पाउनुभएको छ, प्रेमबहादुर श्रेष्ठले । औपचारिक शिक्ष नपाउनुभएको श्रेष्ठ कसरी आज सफल उद्यमी बन्न सफल हुनुभयो ।


आफू १८ वर्षको हुँदा आफ्नो बुवा बित्नुभएपछि प्रेमबहादुर श्रेष्ठको जीवनयात्रा अर्को मोडबाट सुरु हुन्छ । बुवा बित्नुभएको खबर पनि उहाँले २० दिनपछि मात्रै पाउनुभएको रहेछ । उहाँको बुवाले उहाँलाई उदयपुरमा एउटा हाकिमको तबिलदारको जागिर लगाइदिनुभएको रहेछ । तर जागिर लगाएर झण्डै हप्तादिनभन्दा बढीको लामो बाटो पैदल हिडेर घर फर्कनुभएको बुवा बाटोमै बिरामी हुनभयो, के भन्दा त, मलेरिया लागेछ । मलेरियाकै कारण उहाँको बुवाले ज्यान गुमाउनुपरेको थियो ।

प्रेमबाबु तिमीलाई बिज्नेस फाप्दैन, बिज्नेस नगर भन्नेहरु पनि थिए त्यतिबेला तर इमानदारीता र लगनशीलताका कारण आज यो ठाउमा आउन सफल भए, उहाँले आफ्नो मनमा भएका धक्हरु हामीसग फुकाउदै भन्नुभयो । सुरुमा त, उहालाई नोकरीको अवसर पनि आएको रहेछ । त्यसबेला पाएको नोकरी पनि नगर्ने निधोमा उहाँ पुग्नुभएछ र लाग्नुभएछ इलामकै फिकलमा आलु व्यापार गर्नतिर । आफू नपढेको मान्छे फेरि खेतीपाती पनि गर्न जानिदैन अनि नोकरीमा आफ्नो भविष्य छैन भन्ने लागेपछि व्यापार व्यवसायमा लागेको उहाँ भन्नुहुन्छ ।

आलु व्यापार असफल भएपनि मधेशमा धान व्यापार र यो पन असफल भएपनि लकडी अर्थात् अग्राखको काठको व्यवसाय पनि गर्नुभयो । भगवानले लिए पनि नदिए पनि ठीकै छ भन्दै काठको काम गरेको थिए, उहाँ बताउनुहुन्छ । यसपछि भने उहाँले झापाबाट भद्रपुर जाने राजमार्गमा राईस मिल खोल्नुभयो । त्यतिबेला झापाबाट भद्रपुरमा धान लिएर जानुपथ्र्यो, एउटा बोराको ३ देखि ४ रुपैंया भाडा लाग्ने । त्यसपछि आधुनिक राईस मिल खोल्ने सोचमा उद्योग वाणिज्य विभागमा आउनुपर्ने अनि उहाँ काठमाडौं आउनुभयो ।

उद्योग वाणिज्य विभागमा आउनुभएको प्रमबहादुर श्रेष्ठले सम्बन्धनका लागि तीन पटकसम्म धाउनुभयो तर विभागकीय प्रमुखस“ग भेट गर्न नदिएको तीतो यथार्थ कुराकानी क्रममा बताउनुभयो । किन लिने लाइसेन्स ? मारवाडीलाई बेच्नलाई ? अनि उहाँले अति नै आग्रह गरेपछि मात्रै विभागको निर्देशकसँग उहाँको भेट भयो । उहाँले एक वर्षभित्रै झापामा राईस मिल खोल्ने र विभागकै निर्देशकको हातबाट मिल उद्घाटन गर्ने भन्ने आत्मविश्वासका साथ व्यक्त गर्नुभएको प्रतिबद्धतासँगै आधुनिक राइस मिलका लागि उहाँले लाइसेन्स प्राप्त गर्नुभयो ।

प्रेमबहादुर श्रेष्ठले गर्दै आउनुभएको अग्राखको काठको भारतमा निकासी गर्ने कामलाई निरन्तरता दिदै आधुनिक राईस मिल पनि सञ्चालनमा ल्याएको कुरा हामीसँगको कुराकानीको क्रममा बताउनुभयो । काठको व्यापारबाट राम्रै आम्दानी भएको थियो त्यसमाथी धानको व्यापारलाई व्यवस्थित गर्न आधुनिक राईस मिल खोल्न सफल भएँ यसले गर्दा व्यवसायमा थप सफलता मिल्यो, यहाँ बताउनुहुन्छ ।

त्यसपछि यहाँले आफ्नो धानचामलको व्यापार काठको व्यापारलाई विस्तार गर्ने क्रममा काठमाडौं आएको समयमा ललितपुरमा साढे ३ रोपनी जग्गा खरीद गर्नुभएको कुरा हामीसँग बताउदै गर्दा यही घर हो, जुन अहिले कुराकानी गरिरहेका छौं, यही ठाउँ हो ।

काठमाडौंको बसाई ठूलो परिवारलाई लालनपालन, शिक्षादिक्षा खर्च बढ्ने देखिएपछि व्यवसायिलाई विविधिकरण गर्ने र विस्तारै काठको व्यवसाय एकदिन जंगल सखाप भएर जान्छ अब घर बनाउनका लागि काठको विकल्प के त भन्दा छड, डण्डी हो । रड, स्टील हो । मेरो दिमागले त्यही भन्यो त्यही बेला । म काठमाडौंमा बसेर भैरहवा गएको थिईन, अनि नक्सामा हेरेर भैरहवाको जग्गा किन्ने निधो गरें, स्टील उद्योग स्थापनाका लागि भनेर ।

विस्तारै नेपालमा उद्योग धन्दाहरु खुल्दैपनि थिए, कुनै उद्योगहरु बन्द हुँदै पनि थिए यसैक्रममा स्टील उद्योग स्थापनाका लागि ठूलो पूँजीको आवश्यकता पर्छ । बैंकबाट ऋण लिनुप¥यो उहाँभित्रको सकारात्मक सोच र उद्योग सञ्चालन गरेको अनुभव हामीसँग बताउनुभयो । यो सफलतामा मेरो मात्र योगदान छैन, मेरा भाइहरु, मेरा छोराहरु, मेरा नातिहरु सबैको साथ र सहयोगले आज पञ्चकन्या सदैव विश्वासिलो भन्ने नारालाई सार्थकता दिन सफल भएका छौं यसमा सबैको योगदान छ ।

प्रतिष्ठित उद्योग पञ्चकन्या ग्रुपका अध्यक्ष श्रेष्ठले स्टील उद्योग सञ्चालनका साथै विभिन्न बैंकहरुमा लगानी, बिमा कम्पनीहरुमा लगानी र २ वटा जलविद्युत आयोजना आफ्नो जन्मथलो इलाममा १६–१७ मेगावट विद्युत उत्पादन हुनसक्ने हाइड्रो खोल्नुभएको छ । भौतिक सुखसन्तोषभन्दा पनि आत्माको शान्ती र सन्तुष्टि सबैभन्दा बढी महत्वपूर्ण हुने भन्दै उहाँ बताउनुहुन्छ, – अहिलेसम्म निदाउनका लागि कुनै क्याप्सुअल खानुपरेको छैन ।

मैले भन्दा कम लगानीका बिजनेस गर्नेहरु औषधि नखाई सुत्नसम्म सक्दैनन्, आजसम्म भगवानको कृपाले त्यस्तो भएको छैन, यसैमा सन्तुष्टि छु, यहाँ भन्नुहुन्छ । पञ्चकन्या गु्रपको नाम कसरी रहन गयो भन्ने प्रश्नमा यहाँ भन्नुहुन्छ, – पञ्चकन्या मन्दिरको नाम हो, हाम्रो कुल इष्ट देवता हो । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण अरु उद्योगमा असर परेजस्तै स्टील उद्योगमा पनि पर्दै आएको छ । निषेधाज्ञामा छ, पञ्चकन्या ग्रुप अन्तर्गतका ६ सयभन्दा बढी कामदारहरु कार्यरत छन् । आजको दिनमा नेपाल स्टीलमा आत्मनिर्भर भइसकेको छ तर स्टीलको कुल उत्पादनको २५ प्रतिशत पनि खपत् भएको छैन । उद्योग क्षेत्रमा यस्ता समस्याहरु देखिएपनि उहाँ भन्नुहुन्छ, – अहिले पैसा नै कमाउनुभन्दा पनि इज्जत मात्रै बचाउनु ठूलो कुरा भाछ । इमानदारीता दिगो हुन्छ, बेइमानी क्षणिक हुन्छ, प्रेमबहादुर श्रेष्ठले हामीसग कुरा गर्ने क्रममा बारम्बार दोहो¥याउनुभएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board