एकै दिन सात हजार ९ सय ८९ सङ्क्रमित निको : २ सय ४६ जनाको मृत्यु

काठमाडौं, ५ जेठ । गएको २४ घण्टामा नेपालमा सात हजार नौ सय ८९ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ६० हजार चार सय तीन पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा आठ हजार एक सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ हजार ६४ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा एक सय नौ जनामा सङ्क्रमण पुष्टि भएको हो । आज पुष्टि भएका सङ्क्रमितमध्ये दुई हजार चार सय ८६ जना काठमाण्डौ उपत्यकाका रहेका छन् । यस्तै गएको २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई सय ४६ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार ६ सय ५७ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति