भारतले हटायो कोरोना संक्रमितलाई प्लाज्मा दिने उपचार विधि

काठमाडौं, ४ जेठ । भारत सरकारले कोरोना संक्रमितलाई प्लाज्मा थेरापीबाट गरिने उपचार विधि हटाएको छ। संक्रमितलाई फाइदाजनक नभएको र गम्भीर प्रकृतिका बिरामीको अवस्थामा सुधार नआएकाले भारतले यो विधि हटाएको हो।गत साता बसेको कोभिड(१९ का लागि राष्ट्रिय कार्यदलको बैठकमा सहभागी सबै जनाले कोरोनाबाट निको भएकाहरूको प्लाज्मा निकालेर संक्रमितलाई दिने विधि कोरोना उपचार निर्देशिकाबाट हटाउनु पर्ने धारणा राखेका थिए।इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका एक अधिकारीले उक्त निर्देशिका संशोधन गर्दै प्लाज्मा थेरापी हटाइएको जानकारी दिए।यसअघि नै वैज्ञानिकहरूले प्लाज्मा थेरापीले संक्रमितलाई कुनै फाइदा नहुने भन्दै त्यो उपचार विधि ठिक नभएको बताउँदै आएका थिए।नेपालमा पनि कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार गर्ने गरिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति