आगमी डेढ महिनामा अन्य देशलाई ८ करोड डोज खोप सहायता दिने बाइडेनको घोषणा

जेठ ४ काठमाडौं (एजेन्सी ) । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुन महिानाको अन्तिमसम्ममा विश्वका वििभिन्न देशालाई कोरोनाविरूद्धको ८ करोड डोज खोप सहायता स्वरुप दिने महत्वपूर्ण घोषणा गरेका छन्।

राष्ट्रपति बाइडेनले ट्विट गर्दै यो सन्देश दिएका हुन् ।


हाम्रो मुलुक बाँकी संसारका लागि खोपको आर्सनल हुँदैछ,’ ह्वाइट हाउसमा बाइडेनले भने,‘जति चौडा सागरले पनि र जति अग्ला पर्खालले पनि हामीलाई सुरक्षित राख्न सक्दैन। अन्धाधुन्ध फैलिरहेको रोग र मृत्युले ती मुलुकलाई अस्थिर त बनाउँछ नै हामीलाई पनि खतरामा राखिरहन्छ।’

तर कुन कुन मुलुकले खोप पाउँछन् भन्ने ह्वाइटहाउसले खुलाएको छैन। बाइडेन प्रशासनले आगामी दिनमा कुन मुलुकमा खोप पठाउने भन्ने निर्णय गर्नेछ।

यसअघि नै अक्सफोर्डरअष्ट्राजेनेकाले बनाएको ६ करोड खोप अरू मुलुकलाई दिने बताएको अमेरिकाका राष्ट्रपति बाइडेनले सोमबार थप दुई करोड डोज खोप पनि दिने बताएका हुन्।

अमेरिकामा अहिलेसम्म फाइजर, मोडेर्ना र जोन्सन एन्ड जोन्सनको खोपलाई प्रयोग अनुमति दिइएको छ ।

बाइडेनले अमेरिकाले अब रूस र चीनले भन्दा बढी खोप अरू मुलुकलाई दिने र खोपको बदलामा मित्र राष्ट्रहरूसँग कुनै सहयोग नमाग्ने बताए।

बाइडेनले गत साता संसारका ४० प्रतिशत देशबाट नेताहरूले खोपको लागि आफ्नो प्रशासनलाई सम्पर्क गरेको बताएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति