नेपाल – जहाँ कार्ल कार्ल मार्क्स जीवित छन्

आज मदन–आश्रित स्मृति दिवस । पार्टीका तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सम्झानामा आज एमालेले २८ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ । तर, कोरोना सङक्रमण जोखिम र निषेधाज्ञाका कारण आज औपचारिक कार्यक्रम भने भएन । नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद जबजमार्फत लोकतान्त्रिक मार्गमा लैजान मदन भण्डारीको महत्वपूर्ण भूमिका रहेको छ । मदन भण्डारी र जीवराज आश्रितलाई आदर्श नेताका रुपमा चिनिन्छ । जनताको बहुदलीय जनवादको सिद्धान्त मार्गदर्शनका रुपमा स्थापित छ ।भण्डारीको सुनियोजित षडयन्त्रमूलक ढंगले २०५० जेठ ३ गते जीप दुर्घंटनामा पारेर हत्या गरिएको थियो । तर भण्डारीका विचार र पार्टी संगठनको कार्यशैलीका कारण आम जनता र नेपालको वाम लोकतान्त्रिक अन्दोलनमा सधसैं स्रमणयोग्य नेताका रुपमा जनताका मनमा बस्न सफल भएका छन् । भण्डारीको २८ औं स्मृति दिवसको अवसरमा हामीले सन् १९९१ मा अमेरिकाको प्रसिद्ध पत्रिका न्युजविकले नेपालमा कार्ल माक्स जिवित छन् भन्ने शिर्षककज प्रकाशित अन्तर्वार्ता आम पाठकमाझ पुन प्रकाशित गरेका छौं । यही अन्तर्वार्तामा मदनले व्यक्त गरेको बाटोमा वर्तमान नेकपा छ त ? भन्ने गम्भीर सवाल बुझ्न पनि यो अन्तर्वार्ता उपयोगी हुनेछ ।

This image has an empty alt attribute; its file name is IMG_2658-scaled.jpg

अरु देशमा त कम्युनिष्टहरु असफल भइरहेका छन् । यस्तो परिस्थितिमा तपाईहरु सफल हुन्छौं भनेर कसरी सोच्नुहुन्छ ?
– कम्युनिज्मको मुल लक्ष्य समाजबाट शोषण, अन्याय, भ्रष्टचारजस्ता कुराहरुलाई निमूल गर्नु हो । यसका नीतिहरुलाई लागु गर्ने कुरामा विगतमा केही गल्तीहरु भए पनि यसको मतलब कम्युनिस्ट सिद्धान्तको लक्ष्य नै असफल भएको होइन । हाम्रो पार्टीको सन्र्दभमा प्रजातन्त्रको स्थापनाप्रति हामी प्रतिवद्ध छांै र जनादेश प्राप्त भएपछि मात्र सत्तामा जाने छौं ।
– तपाईसंग उत्तर कोरियाका नेता किम इल सुङका कितावहरु रहेको देखियो किम इल सुङका बारेमा तपाईको के धारणा छ ?
उहां एउटा सफल कम्युनिष्ट नेता हुनुहुन्छ, जस्ले आफ्नो देशको क्रान्ति र विकासमा योगदान पुर्याउनु भएको छ । उहाँको विचारधारालाई पछ्याउनै पर्छ भन्ने छैन ।
माओका रचनाहरु बारे नि ?
हाम्रो ग्रामीण युवाहरु चिनियाँ आन्दोलनको इतिहास पढ्दै हुनुहुन्छ र उहाँहरु त्यसैबाट सिक्दै हुनुहुन्छ ।
नेपालको कम्युनिष्ट पार्टीलाई चीन, सोभियत संघ र उत्तर कोरियाका कम्युनिष्ट पार्टीहरु लसंग कुनरुपमा तुलाना गनुहुन्छ ?
ति सवै कम्युनिष्ट पार्टीहरु मुक्ति, समानता र न्यायमा आधारित नयाँ समाजको स्थापनामा संलग्न छन् । ती देशका कम्युष्निट आन्दोनलहरु विभिन्न ढंगले अगाडी बढेका छन् । चीनमा सशस्त्र संघर्षबाट नै उनीहरु मुक्त भए । तर नेपालमा यतिवेला हामी शान्तिपूण आन्दोलमा छौ । चीन र उत्तर कोरियाले विदेशी प्रभुत्व र आक्रमण भोगेका थिए । हामी पनि विदेशी आक्रमण, साम्राज्यवाद र क्षेत्रिय प्रभुत्वको विरुद्ध आवाज उठाई रहेका छौं ।

केही गैरकम्युनिष्टहरु भन्छन् तपाई चीन र भारतका कम्युनिष्ट पार्टीहरुबाट आर्थिक सहयोग प्राप्त गर्नु भएको छ?

यो झुट हो । चीन होस् या उत्तर कोरिया, अथवा भारतका कम्युनिष्ट पार्टीहरु नै किन नहोस् । हामीले कसैसंग आर्थिक या भौतिक सहयोग मागेका पनि छैनौं र पाएका पनि छैनौं । यस्तो आरोप हामीलाई हाम्रा तिनै विरोधीहरुले लगाएका छन् । जो चाहीं वास्तवमा विदेशी मुलुकबाट सहयोग पाइरहेका छ्रन् ।
जातियता र धार्मिक स्वतन्त्रता बारे तपाईको धारणा के छ ?

हामी विभिन्न जातीहरुमाझ रहेको सामाजिक विभेदलाई अन्त्य गर्न चाहन्छांै । तर विभिन्न जातीको संस्कृति, परम्परा र धर्मको हामी सम्मान गछौ । केही बुढापाकहरुमा अझै पनि चर्को भावना रहेको पाईन्छ । त्यस्का विरुद्ध पनि हामी शक्ति प्रयोग गर्न चाहदैनौं । उनिहरुको अन्तस्करणमा रहेको जातिय विभेदको भावनालाई हटाउन उनिहरुलाई शिक्षा दिक्षा दिने प्रयत्न गर्ने छौं । तल्लो जातकालाई अपमानित गर्ने अधिकार कसैलाई हुनुहुन्न भने माथिल्लो जातको अगाडी कोही निउरिनै पर्छै भन्ने पनि छैन । हामी चाहान्छौ राज्य धर्म निरपेक्ष होस् । जहाँ प्रत्येकले आफ्नो धर्म अंगाल्न सक्ने छन् । राष्ट्र सवै धर्मप्रति तटस्थ रहने छ ।
देशका भुमिपतिहरुप्रति तपाईको ब्यवहार कस्तो रहने छ ?
हामी भुमिपतिहरुबाट जमिन लिने छौं र जोताहहरुलाई दिने छौं । यो काम हामी शान्तिपूर्ण तरिकाले गछौं । र विना मुआब्जा जमीन खोस्दैनौ यदि भुमिपतिहरुले यसलाई स्वीकार नगरेमा उनिहरुप्रति शक्ति प्रयोग गर्न बाध्य हुने छौं ।
मुआब्जाको रकम काँहाबाट ल्याउनु हुन्छ ?
जमिनको स्वामित्व लिन चाहने किसानहरुबाटै हामी त्यो रकम जम्मा गर्छौं । ( आवश्यक भएमा) सरकारी राजश्व र सरकारी स्वामित्वका उद्योग धन्दाहरुको शेयरबाट पूर्ति गरिने छ । नगदको कमीलाई हटाउन मुआब्जा किस्ता बन्दीमा भुक्तानी गरिने छ ।
सामुहिकरणको पक्षमा हुनुहुन्छ ?
यो विचारलाई लागु गर्दा शक्ति प्रयोग गरिने छैन तर जनताको सेवाका लागि नमुना सहकारीहरुको स्थापनार्थ प्रोत्साहित गरिनेछ ।
कम्युनिष्टहरुले बहुमत पाएको अवस्थामा नेपालका लागि विदेशी सहयोग बन्द हुन सक्ने कुराबाट चिन्तित हुनुहुन्छ कि ?

कम्युनिष्ट सरकार आउने वित्तिकै विदेशी सहयोग बन्द गरिनुपर्ने कुनै कारण छैन । यद्यपि हामी हाम्रो देशको स्वाधिनता, स्वतन्तत्रा गरिमा र सार्वभौकिताको मूल्यमा विदेशी सहयोग माग्ने पक्षमा छैनौ । हाम्रा लागि यि कुृराहरु विदेशी सहयोग भन्दा धेरै महत्वपूर्ण छन् ।


भारतको सवालमा तपाई कस्तो विदेश नीतिको वकालत गर्नुहुन्छ ?
विगत भारतसंग केही असमान र अपमानजनक सन्धीहरु भए । हामी ति सन्धीहरुको संसोधन गर्ने छौं र नविकरण गर्ने प्रयात्न गर्ने छौ । हामी चीन र भारत दुवैसंग उत्तिकै राम्रो सम्वन्ध राख्न चाहन्छौ । हामी चीनमुखि पनि हुन चाहंदैनौ , भारतमूखि पनि हुन चाहंदैनौ ।
जुनवेला नेपाली जनता राजतन्त्रविरुद्ध अघि बढिरहेका थिए त्यहिवेला अन्य धेरै मुलकका जनता त्यहांका कम्युनिष्ट शासकहरुका विरुद्ध उठिरहेका थिए, यदि यहाँ त्यस्तो भयो भने के गर्नुहुन्छ ?
हामी सत्तामा जब हुन्छौं त्यसवेला त्यस्ता विरोध प्रर्दशनहरु हुने छैनन् तरपनि वेला असामाजिक तत्वहरुले समाजमा अस्थिरता फैलाउन प्रत्यन गर्ने छन् । त्यस्तोमा हामी राज्य शक्ति प्रयोग गर्ने छैनौं । जनतालाई नै परिचालित गर्ने छौं । यदि असामाजिक तत्वहरुले हामी विरुद्ध प्रर्दशन गरेमा हामी पनि हाम्रो पक्षमा प्रर्दशन गर्न जनतालाई आह्वान गर्ने छौ तर प्रहरी शक्तिको प्रयोग गर्ने छैनौ ।
(अमेरिकी प्रसिद्ध प्रत्रिका न्यूजविकको मे २७ १९९१ को अंकमा उक्त अन्तरवार्ता प्रकाशित भयो । सम्भवत न्यूजविकमा अन्तवार्ता प्रकाशित हुने उहाँ पहिलो नेपाली राजनीतिज्ञ हुनुहुन्छ ।

एवीसी टेलिभिजनका प्रधान सम्पादक शुभशंकर कँडेलद्धारा लिखित अवतरण पुस्तकबाट

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board