चीनबाट आज साढे चार सय थान अक्सिन सिलिन्डर नेपाल आउंदै

काठमाडौं । अक्सिजन सिलिन्डर लिन चीन गएको नेपाल वायुसेवा निगमको जहाज आज नेपाल आउंदैछ । साढे चार सय थान अक्सिन सिलिन्डर लिएर जहाज दिउंसो दुई बजे त्रिभुवन विमानस्थलमा अवतरणको तालिका रहेको छ । जहाज अर्को खेप सिलिन्डर लिन आजै राति फेरि बेइजिङको लागि उड्नेछ । निगमको जहाजले यसअघि दुई पटक गरेर झण्डै एक हजार सिलिन्डर ल्याइसकेको छ ।

यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ६ वटा उडान तथा अवतरण हुदैछन् । हिमालय एअरलाइन्सको जहाज चीनको कुम्निङबाट बिहान काठमाण्डौ आइपुगेको छ भने राति सवा ८ बजे फेरि कुम्निङकै लागि उड्नेछ । यस्तै चीन गएको नेपाल वायुसेवा निगमको जहाज दिउंसो २ बजे काठमाण्डौ फर्कँदैछ भने राती ११ बजे पुन बेइजिङको लागि उड्दैछ । यस्तै टर्किस एअरलाइन्सको चाटर्ड जहाज राति ९ बजे काठमाण्डौ आएर ११ बजे उड्ने तालिका रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति