काठमाडौं उपत्यकामा घट्न थाल्यो संक्रमण दर

काठमाडौं । केही दिनदेखि ३ हजार माथि भेटिँदै आएका काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको संख्या आज घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार देशभर भेटिएका ८ हजार १६७ सङ्क्रमितमध्ये उपत्यकाका तीन जिल्लाका सङ्क्रमितको संख्या २ हजार ९३७ रहेको छ ।

आज भक्तपुरमा ३४७ ललितपुरमा ४४४ र काठमाडौंमा २ हजार १४६ जनामा सङ्क्रमण देखिएको छ । अहिले काठमाडौंमा ३० हजार १२४ भक्तपुरमा ५ हजार र ललितपुरमा ७ हजार १०१ गरी उपत्यकामा सक्रिय सङ्क्रमितको संख्या ४२ हजार २२५ रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति