स्पेनिस ला लिगामा रियल म्याड्रिडको सानदार जित

काठमाडौं, ३१ बैशाख । उपाधि होडमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ । ग्रानडालाई उसकै मैदानमा ४–१ गोल अन्तरले हराउँदै रियल मड्रिडले सानदार जित दर्ता गरेको हो । रियलको जितमा लुका मोड्रिच, रोड्रिगो गोएस, अल्भारो ओड्रिओजोला र करिम बेन्जेमाले एक एक गोल गरे । जितपछि रियलले शीर्षस्थानको एट्लेटिको मड्रिडसँगको अंक दुरी छोट्याएको छ । रियल मड्रिडको ३६ खेलबाट ७८ अंक छ भने शीर्षस्थानको एट्लेटिको मड्रिडको समान खेलबाट ८० अंक छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाको ७६ अंक छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति