माधवले धोका दिएकै त नभनौं तर हाम्रो सरकारचाहिँ नबन्ने भयो : प्रवक्ता श्रेष्ठ

काठमाडौं, ३० बैशाख । माधव पक्षले बहुमतको सरकार बनाउने भन्दा प्रधानमन्त्री केपी ओलीसँगै एकताबद्ध भएर अघि बढ्ने नीति लिएको देखिएका कारण आफ्नो पार्टीले सरकार गठनमा अग्रसर नहुने निर्णय गरेको मा‌ओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले एमालेको बताएका छन् ।

जसपा नेता उपेन्द्र यादवलगायतसँग पार्टी नेताहरुको छलफलपछि यस्तो निष्कर्षमा पुगिएको उनले बताए । यसलाई नेपाल पक्षले धोका दिएको भनेर त म टिप्पणी गर्दिनँ तर उहाँहरु ओलीजीसँगै एकताबद्ध भएर जाने नीतिमा गएको देखियो, श्रेष्ठले भने । मा‌ओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेतालाई भेट गर्नुअघि यादवले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍मा विश्वासको मत लिन नसकेपछि देउवा, दाहाल र यादवले राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार आह्वान गर्नुपर्ने भन्दै विज्ञप्ति जारी गरेका थिए । लगत्तै राष्ट्रपतिले तीन दिनको समय सीमा तोकी उनीहरुले भनेजस्तै संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठन आह्वान गरेकी थिइन् । उनले दिएको समय सीमा आजै राती ९ बजे समाप्त हुँदैछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति