जसपा नेता ठाकुर र महतो प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा


काठमाडौं, ३० बैशाख ।  जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएको समय सकिनै लाग्दा ठाकुर र जसपा अध्यक्ष ठाकुर र बरिष्ठ नेता महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।यसअघि ठाकुरले आफ्ना केही सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर छलफल गरेका थिए।

आजै प्रधानमन्त्री ओली र माधवकुमार नेपालबीच भएको वार्ता पछि नेपाल पक्षले राजीनामा नगर्ने निर्णय गरेको छ। यसबाट ओलीको तत्कालको समस्या टरेको छ। कांग्रेस र माओवादी केन्द्रले बहुमतीय सरकार बनाउने प्रस्ताव राष्ट्रपतिकहाँ लैजाने छैनन्। त्यसो भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सम्भवतस् आजै वा भोलि संविधानको धारा ७६ को ३ अन्तर्गत अल्पमतको प्रधानमन्त्रीका रूपमा सपथ गराउने छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board