एमाले विवाद मिलाउन ९ सदस्यीय कार्यदल गठन

काठमाडौं, ३० बैशाख ।  एमालेको विवाद समाधानका लागि ९ सदस्यीय कार्यदल गठन गरिएको छ । पछि दुई जना सदस्य थप्ने गरी ९ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा अध्यक्ष ओली समूहबाट विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ सदस्य रहेनछन् । खनाल नेपाल समूहबाट भने भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट चयन भएका छन् ।

दुई सदस्यपछि थप्ने सहमति भएको छ ।यो कार्यदलले अध्यक्ष ओली र नेता नेपाल समूहको अडानका विषयमा सहमतिको मिलनविन्दु खोज्ने छ । चपली हाइटमा चार घण्टाको छलफलपछि विवाद समाधानका लागि कार्यदल गठन गर्ने सहमति भएको नेता नेपालले बताए ।ुपार्टीका विवाद कार्यदलमार्फत समाधान गर्ने सहमति भएको छ । बैठक सकारात्मक छ । राजीनामा दुई÷चार दिनलाई स्थगित भएको छ, उनले भने ।

नेता नेपालले २७ वैशाखमा छबुँदे माग अघि सारेका थिए । नेता नेपालले सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिस्ट पार्टी एमालेको विधान, नियमावली, आचारसंहिताअनुरूप ३ जेठ २०७५ मा पार्टी एकीकरण हुनुपूर्वको अर्थात् २ जेठको स्थितिमा पार्टी, जनसंगठन र पेसागत संगठनका सबै संरचनाहरूलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउनुपर्ने, नवौँ राष्ट्रिय महाधिवेशको मार्ग निर्देशन र पार्टीको विधानविपरीत २८ फागुन २०७७ मा गरिएका केन्द्रीय कमिटी विघटन गर्नेलगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरू खारेज गर्नुपर्ने माग गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board