पिसिआर परीक्षण एक साता बन्द

नुवाकोट । नुवाकोटको त्रिशूली अस्पतालको प्रयोगशालामा आरटी–पिसिआर परीक्षणका लागि स्वाब संकलन एक साता बन्द गरिएको छ । नुवाकोटसहित रसुवा र धादिङबाट संकलित स्वाबको परीक्षण गरिँदै आएको सो प्रयोगशालामा जाँच गर्नुपर्ने नमूना एक साताका लागि पुग्ने भएकाले स्वाब संकलन बन्द गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेका अनुसार प्रयोगशालाको परीक्षण क्षमता दैनिक १८८ नमूना भएकामा हाल एक हजार ५०० भन्दा बढी स्वाब परीक्षणका लागि प्राप्त भएकाले बाँकी संकलन गरेर नपठाउन स्थानीय तहलाई पत्राचार गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board