पिसिआर परीक्षण एक साता बन्द

नुवाकोट । नुवाकोटको त्रिशूली अस्पतालको प्रयोगशालामा आरटी–पिसिआर परीक्षणका लागि स्वाब संकलन एक साता बन्द गरिएको छ । नुवाकोटसहित रसुवा र धादिङबाट संकलित स्वाबको परीक्षण गरिँदै आएको सो प्रयोगशालामा जाँच गर्नुपर्ने नमूना एक साताका लागि पुग्ने भएकाले स्वाब संकलन बन्द गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेका अनुसार प्रयोगशालाको परीक्षण क्षमता दैनिक १८८ नमूना भएकामा हाल एक हजार ५०० भन्दा बढी स्वाब परीक्षणका लागि प्राप्त भएकाले बाँकी संकलन गरेर नपठाउन स्थानीय तहलाई पत्राचार गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति