उपचार ढिला हुँदा बालकको मृत्यु, अस्पतालमा तोडफोड

काठमाडौं । उपचारका क्रममा तीन वर्षीय बालकको मृत्युपछि जिल्ला अस्पताल फाप्लुमा तोडफोड भएको छ । सोलुदुधकुण्ड नगरपालिका–४ सुर्केका ङिमानुरु शेर्पाको उपचार ढिला हुँदा ज्यान गएको भन्दै आफन्तले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका हुन् । तोडफोडमा उत्रेका मध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

पखला लागेका बिरामी शेर्पालाई उपचारका लागि बुधबार फाप्लु अस्पताल ल्याइएकामा चिकित्सकले राम्रो जाँच नगरी औषधि लेखर तत्काल घर पठाएको आफन्तको गुनासो छ । बिरामीको अवस्था बिग्रदै गएपछि आज बिहान पुनः अस्पताल लाँदा पनि समयमा नै उपचार नगरिएको आफन्तको दावी छ । अस्पतालले लेखिदिएको औषधि लिन दोर्पुसम्म पुग्दा ढिला भएको मृतक बालकका बुबा दावा गेलु शेर्पाले बताए । जिल्ला अस्पताल फाप्लुका निमित्त प्रमुख शानी शेर्पाले भने बुधबार अस्पतालले दिएको औषधि सेवन नगर्दा अवस्था जटिल बनेको बताए ।

औषधीको सट्टा फ्रुटीलगायतका खानेकुरा खुवाउनका साथै अवस्था जटिल भएपछि तत्काल अस्पताल नआउँदा बालकको मृत्यु भएको अस्पतालको दावी छ । आफन्तले बालकको शव नबुझेपछि अस्पतालमै राखिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board