माओवादी केन्द्र स्थायी कमिटीको आकस्मिक बैठक बस्दै

काठमाडौं, ३० बैशाख ।  नयाँ सत्ता गठबन्धनको गृहकार्यमा जुटेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटलगत्तै दाहालले अहिले ५ बजे पार्टी कार्यालयमा बैठक बोलाएका हुन् ।
स्थायी कमिटी सदस्य मात्रिका यादवले ५ बजेका लागि बैठक आव्हान भएको बताए । गठबन्धन सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिने समयसीमाको आज अन्तिम दिन हो ।कांग्रेस, माओवादी र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव समूह नयाँ गठबन्धनको पक्षमा छन् । तर, अहिलेसम्म बहुमतको अंकगणित भने जुटेको छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board