कोरोना रिपोर्ट आइसक्दा मृत्यु

काठमाडौं । आजै कोरोना सङ्क्रमण पुष्टि भएका एक पुरुषको धवलागिरि अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको छ । बागलुङ नगरपालिका–४ का ७७ वर्षीय पुरुषको आज बिहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनी धवलागिरि अस्पतालमा वैशाख २८ गते भर्ना भएका थिए । बिरामी परेपछि समेत लामो समय अस्पताल आएका थिएनन् । श्वास फेर्न कठिन भएपछि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको बुधबार स्वाब सङ्कलन गरेर परीक्षण गरिएको थियो । आज बिहान रिपोर्ट आउने समयमा उनको उपचारका क्रममा मृत्यु भएको फोकलपर्सन घिमिरेले बताए ।

“अक्सिजनको मात्रा निकै कम भएपछि उनी अस्पताल आएका थिए । , अस्पतालका प्रमुख डा शैलेन्द्र विक पोखरेलले भने, “पछिल्लो समय अस्पताल आउने बिरामी निकै गलेपछि आउने गरे ।” समयमा अक्सिजन दिन सकेको भए बिरामी बच्न सक्ने सम्भावना रहने उनी बताउछन् । बागलुङमा आज मृत्यु भएका पुरुषसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board