एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता

काठमाडौं, ३० बैशाख । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । चपलीस्थित एक व्यवसायीको घरमा दुई नेताबीच भेटवार्ता सुरु भएको स्रोतले जानकारी दिएको छ ।नेपाल पक्षका सांसदहरुले राजीनामा दिने तयारी भइरहेका बेला ओली र नेपालबीच भेटवार्ता भएको हो । आज बिहान ओलीले नेपाललाई टेलिफोन गरी भेटका लागि प्रस्ताव गरेका थिए । आजै बिहान बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपाल लगायत भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई कारवाही फुकुवा गरेको थियो । २०७५ असोज २ गतेको स्थितिमा फर्कनुपर्ने माग पूरा नभए आज दिनको ४ बजे नेपाल पक्ष सांसदले राजीनामा दिने चेतावनी दिइसकेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board