जसपा नेता महन्थ र राजेन्द्र महतो देउवा निवासमा

काठमाडौं, ३० बैशाख ।  जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका छन्।
बिहीबार बिहान साढे ११ बजेदेखि सभापति देउवासँग अध्यक्ष ठाकुर र नेता महतोको भेटवार्ता भइरहेको छ।देउवालाई भेट्न सुरूमा नेता महतो पुगेका थिए। त्यसपछि केहीबेरमा अध्यक्ष ठाकुर पुगेका हुन्। संविधानको धारा ७६ (२)अनुसार दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार गठन गर्न राष्ट्रपतिले दिएको समय आज बेलुकी ९ बजे सकिँदैछ।जसपामा वैकल्पिक सरकार गठनका विषयमा विवाद छ। अध्यक्ष ठाकुर पक्ष नयाँ सरकार बनाउने पक्षमा देखिएको थिएन। तर संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव देउवाको नेतृत्वमा सरकार बनाउन तयार भएका थिए। उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रीत रहेर छलफल भइरहेको छ। आजै नेकपा एमालेले माधव नेपालसहित चार नेतालाई गरेको कारवाही फुकुवा गरेको छ। एमालेमा असन्तुष्ट रहेका नेता नेपाल पक्षले नयाँ सरकार गठनमा सहयोग गर्ने कांग्रेसको अपेक्षा थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति